राजधानीको पाल्जोर स्टेडियममा राज्यस्तरीय ७८औं स्वतन्त्रता दिवस समारोह पालन

n62667796117237280824683b229fc1506b5aa06110d26fcd4b82f16c7576880dbcc1ef1a6306df39b90184

गान्तोक: राजधानीको पाल्जोर स्टेडियममा बिहिवार बिहान राज्यस्तरीय ७८औं स्वतन्त्रता दिवस समारोह आयोजन गरियो। यस अवसरका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।
मुख्यमन्त्रीले राष्ट्रिय ध्वज फहराएर समारोहको शुभारम्भ गरेपछि स्वतन्त्रता दिवस परेडको समीक्षा गरे।
मार्च पास्टमा आईटीबीपी, एसएसबी, एसएपी, आईआरबी, सिक्किम पुलिस, सिक्किम फरेस्ट, होम गार्ड्स एण्ड सिविल डिफेन्स, एनसीसी, सिक्किम पुलिस पाइप ब्याण्ड र ब्रास ब्याण्ड लगायत राजधानीका विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी बने।

परेडको अगुवाई सिक्किम पुलिस उपाधीक्षक रिन्कु वाङ्गमु भोटियाले गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement