क्याप सिक्किमद्वारा ७८औं स्वतन्त्रता दिवस पालन

n6266779591723728213342ff249b2f66d29e5b75a0bfcb282ece834d143c73b7da7c503aa93a6986cb7377

गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमले आज ७८औं स्वतन्त्रता दिवस पार्टी मुख्यालय, अदमपुलमा पालन गऱ्यो। पार्टीकी उपाध्यक्ष संयोजन एवं वरिष्ठ नेत्री सुमती छेत्री मुख्य अतिथि रहेको कार्यक्रममा पार्टीका उपाध्यक्ष संयोजन कर्मा छिरिङ भोटिया, प्रवक्ता टीकाराम शर्मा, अल्बर्ट गुरुङ, प्रकाश पराजुली, ललित गुरुङ लगायत पार्टीका अन्य कार्यकर्ता उपस्थित रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
विज्ञप्ति अनुसार, राष्ट्र पिता महात्मा गान्धीको प्रतिमामा दीप प्रज्वलन र खादार्पण गरेपछि राष्ट्रिय झन्डा फहराएर राष्ट्रगान गाइयो। मुख्य अतिथिको आसनबाट श्रीमती छेत्रीले समस्त सिक्किमेली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गर्दै सिटिजन एक्सन पार्टी निरन्तर सिक्किमे जनताको आवाज बनेर मैदानमा लडिरहने बताइन्।
उनले स्वतन्त्रता सेनानी बन्दे पोख्रेल, हेलेन लेप्चा जस्ता गान्धीवादी व्यक्तित्वहरुको योगदानलाई स्मरण गर्दै तत्कालीन सर्वभौम राष्ट्र सिक्किम रहेकै अवस्थामा पनि भारतीय स्वतन्त्रता संग्राममा सिक्किमले दिएको योगदानको प्रतिफलको रूपमा आज हामीले स्वतन्त्रता दिवस मनाइरहेका छौँ भनी बताइन्।

About Author

Advertisement