नाम्ची: देशको ७८औं स्वतन्त्रता दिवस आज राज्यव्यापी रूपमा देशभक्तिको साथमा विविध कार्यक्रमहरूको आयोजनासॅंग पालन भइरहेको छ। यस क्रममा आज बिहान जिल्ला मुख्यालयहरूमा सम्बन्धित जिल्लाका जिल्लापालहरूले राष्ट्रिय ध्वज फहराए।
नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङ बिहान नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा राष्ट्रिय ध्वज फहराइन्। यस अवसरमा एडीसी सुभाष घिमिरे, एडीसी त्रिसाङ तामाङ, एसडीएम, निम पिन्चो भोटिया, एसडीएम सरण कालिकोटे तथा विभगीय अधिकारी र कर्मचारीहरू उपस्थित थिए।
यसरी नै सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा जिल्लापाल धिरज सुबेदीले राष्ट्रिय ध्वज फहराए। यसपछि जिल्लापालले गार्ड अफ् अनर ग्रहण गरेका थिए। कार्यक्रममा पुलिस अधीक्षक नकुल प्रधान, विभागीय प्रमुखहरू, अधिकारीकण र कर्मचारीहरू उपस्थित थिए।
पाकिम जिल्लाको प्रशासनिक केन्द्रमा पनि आज बिहान राष्ट्रिय ध्वज फहराइयो। जिल्लापाल अगवाने रोहन रमेशले वरिष्ठ पुलिस अधीक्षक कर्म ग्याम्छो भोटिया लगायत अन्य अधिकारीहरूको उपस्थितिमा ध्वज फहराए। यस क्रममा पुलिसकर्मीहरूले गार्ड अफ् अनर दिए।