खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा घैयाबारी ग्राम पञ्चायत दुई र ब्रदरवुड तीनधारेको आयोजनामा ७८औं स्वतन्त्रता दिवस समारोह आयोजना गरिएको छ। तीनधारेमा सम्पन्न स्वतन्त्रता दिवस समारोहको अध्यक्षता घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले गरेकी थिइन् भने मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए।

त्यसरी नै विशिष्ट अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सचिव रबीन मोक्तान, रेणुका कन्या उच्च विद्यालयको शिक्षिका प्रभारी अञ्जना गजमेर, श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्री, पञ्चायत समिति सदस्य एंव कर्माध्यक्ष साजन दर्जी, कर्म मोक्तान लगायत पञ्चायत सदस्यहरू उपस्थित रहेका थिए। यस स्वतन्त्रता दिवस समारोहमा राष्ट्रीय ध्वज मुख्य अतिथि सभासद नवराज छेत्रीको बाहुलीबाट उत्तोलन गरिएको छ। यस स्वतन्त्रता दिवस समारोहमा रेणुका कन्या उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू लगायत अन्यहरूले देश भक्ति गीत, नृत्य प्रस्तुत गरेका थिए। त्यसरी नै म्युजिकल चियर्स, डोरी तान्ने, हाड़ी फुटाउने खेला, नानीहरूका लागि १०० मीटर दौड़ आदि पनि खेलाइएको थियो।

कार्यक्रमलाई घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत उप प्रधान रञ्जित थापाले सञ्चालन गरेका थिए। कार्यक्रममा वरिष्ठ गायक कर्म मोक्तानले देशभक्ति गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्री र विशिष्ट अतिथि बिनयकुमार छेत्रीले सम्बोधन गरेका थिए। तीनधारेमा सम्पन्न ७८औं स्वतन्त्रता दिवस समारोह विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत उप प्रधान रञ्जित थापाले विस्तृत रूपमा जानकारी गराएका छन्। कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत समिति सदस्य स्नेह बरदेवा, पञ्चायत सदस्यहरू दिपेन्द्र तामाङ, योगराज प्रधान, अजय विश्वकर्म, बिनीता गजमेर, पुष्पकुमारी प्रधान, दावा दोर्जे, सुस्मिता गजमेर लगायत अन्यहरू उपस्थित रहेका थिए।