जीटीए चुनावसँग हामीलाई सरोकार छैन तर सरकारले जीटीए चूनाव गराउँछ भने हामी जनताको लागि चुनावमा जानैपर्छ- अजय एडवर्ड

5ea58f03-d982-424e-b9da-8353a45816a1

दार्जीलिङ- जीटीएसँग हाम्रो पार्टीलाई सरोकार छैन। तर सरकारले जीटीए चुनावको अधिसूचना जारी गरेको खण्डमा हामी जनतासँग माफी मान्छौं अनि जनताको लागि नै हामी जीटीए चुनावमा जानैपर्छ भनी हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड दुई दिवसीय भ्रमणमा आज गोरूबथान पूगेकोटा छन्। गोरूबथानको विभिन्न क्षेत्रहरूको भ्रमण गरेपछि पत्रकारहरूसँगको कुराकानीमा हाम्रो पार्टीलाई जीटीएसँग कुनै सरोकार नभएको स्पष्ट शब्दमा बताए। तिनले जीटीएले गोर्खाहरूको जातीय परिचय साथै जन आकांक्षा पूरा गर्न सक्दैन तर सरकारले जीटीए चुनावको अधिसूचना जारी गरेको खण्डमा हामी चुनावमा जानैपर्छ अनि हामी दार्जीलिङ पार्वतीय क्षेत्रको जनता एंव गोरूबथानको जनताहरू समक्ष दुई हात जोडेर माफी मांग्छौं कारण तपाईहरूकै खातिर हामी जीटीए चुनावमा जानैपर्छ भनी बताए। तिनले अघि भने – ‘सरकारले जीटीए चुनावको अधिसूचना जारी गरेर चुनाव गराएको खण्डमा हामी लगायत अन्य कतिपय राजनैतिक दलहरूले जीटीए चुनावदेखि अलग रहेको खण्डमा फेरि लालकोठीमा त्यही नेता र ठेकादारको गठबन्धनले बोर्ड गठन गर्नेछ। त्यसो भएको खण्डमा पुरानो युग फेरि मौलाएर आउनेछ। आज तपाई हामी एक भएको मुख्य कारण पुरानो युगलाई अन्त गरेर नयाँ युग ल्याउनु हो। छुट्टै राज्य गोर्खाल्याण्ड तपाई हाम्रो मन मस्तिकमा छँदैछ अनि विगतको 35 साल तपाईँ हामीले गोर्खाल्याण्डको निम्ति समर्पित गरिसकेका छौं। विगतका राजनैतिक दलहरू अनि नेतृत्वहरूले गोर्खाल्याण्डको नाममा आन्दोलन चलाएकै हो। आन्दोलनको समयमा नेताहरूले समस्त जनताहरूलाई आन्दोलनमा आउने आह्वान् गरेका थिए अनि तपाई हामी समस्त जनताहरू आन्दोलनमा होमिएका थियौं तर जब गोर्खाल्याण्डको आन्दोलनलाई थन्काएर व्यवस्थाको चौकीमा बसेपछि ७ हजार करोड़ रुपियाँ आएपछि ती नेतृत्वहरूले जनतालाई भूलेर उनको वरिपरि हिड्ने अनि उनीहरूकै परिवारहरूलाई फाइदा पुराए।आजको गोर्खाल्याण्ड आन्दोलनले दुई चारजना मानिसहरूले मात्र गोर्खाल्याण्ड पाएका छन् तर बाँकी सबै लुटिए।’

एडवर्डले हाम्रो पार्टी एंव हामीलाई पहाडको कतिपय राजनैतिक दल एंव नेतृत्वहरूले आरोप र लाञ्छनाहरू लगाउँदै आईरहेका छन् तर साँचो कुरो भन्न पर्दा स्थायी राजनैतिक समाधानको लागि हामीले पनि निरज जिम्बा, बीपी बजगाई अनि राजु विष्टलाई भोट दिएर पठाएको हो अनि यदि केन्द्र सरकारले जीटीए चुनावको अधिसूचना अघि पीपीएस दिन्छ भने त्योभन्दा राम्रो कुरा अरू के हुनसक्छ भनी प्रश्न तेर्साए। तिनले अझ भनेअनुसार हाम्रो पार्टी अनि हामीलाई जीटीएसँग कुनै सरोकार छैन तर हामी जनता हितको लागि जीटीए चुनावमा जानेछौं, लाल कोठीमा जनताको राज ल्याउनेछौं भनी बताएका छन्।

पार्टी अध्यक्ष अजय एडवर्डले हाम्रो पार्टी एक राजनैतिक दल भएको हुनाले सबै चुनावहरूमा अंश ग्रहण गर्नेछ। गत केही महिना अघि हाम्रो पार्टीले स्कूलको म्यानेजिङ कमिटिको चुनावमा पनि अंश ग्रहण गरी सकेको बताउँदै पहाडमा पञ्चायत चुनाव नभएको कारणले गर्दा पहाडको ग्रामीण क्षेत्रहरूमा विकाश पूग्न सकेको छैन, पहाडमा पनि तीन स्तरीय पञ्चायत चुनाव हुनपर्छ भनी मांग गरेका छन्। तिनले दागोपापको समयमा पञ्चायत चुनावको कुरा भएको थियो तर त्यस अवधि दागोपापको चौकीमा बस्ने पार्षदहरूले आफुहरूको क्षमता खोसिने भयले पहाडलाई तीन स्तरीय पञ्चायत चुनावदेखि वञ्चित गराएको आरोप लगाउँदै उनीहरूकै कारणले गर्दा दार्जीलिङदेखि सिलगढी टुक्रिएको हो भन्ने आरोप पनि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement