ग्रामीण पर्यटन अन्तर्गत बाघमारा बस्तीमा मञ्जुश्री गार्डनको उदघाटन

IMG-20240815-WA0283

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटारको बाघमारा बस्तीमा पर्यटन व्यवसाय अन्तर्गत मञ्जुश्री गार्डन शुरु गरिएको छ। उक्त मञ्जुश्री गार्डनको उदघाटन बाघमारा बस्ती निवासी १०२ वर्षीय वयोवृद्ध लामा म्हेम्हे चन्द्रवीर लामाको बाहुलीबाट गरिएको छ। यसको साथै ७८औं स्वतन्त्रता दिवस पनि पालन गरिएको छ। उक्त अवसरमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाको बाहुलीबाट राष्ट्रिय ध्वजा उत्तोलन गरिएको छ। स्थानीय, देशी र अन्तर्राष्ट्रीय पर्यटकहरूका लागि बाघमारा बस्तीमा शुरु गरिएको उक्त मञ्जुश्री गार्डनले यहाँको ग्रामीण पर्यटनलाई धेरै प्रोत्साहन दिने बताइएको छ। बाघमारा बस्तीमा ग्रामीण पर्यटन व्यवसायलाई प्रोत्साहन गर्नलाई उक्त मञ्जुश्री गार्डनको उदघाटन गरिएको छ। यस अवसरमा तीनधारे पुलिस आउट पोष्टको ओसी लगायत स्थानीय पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, जनक छेत्री लगायत स्थानीय गण्यमान्य व्यक्तिहरू उपस्थित रहेका थिए।

यस मञ्जुश्री गार्डनको उदघाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। ग्रामीण पर्यटन व्यवसाय अन्तर्गत मञ्जुश्री गार्डन उदघाटन विषयमा पत्रकारहरूसित कुराकानी स्थानीय बाघमारा निवासी कृष्ण लामा र उनको साथी अनिर्बन दत्तले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement