खरसाङ: आकाशवाणी खरसाङमा ७८औं स्वतन्त्रता दिवस पालन गरिएको छ। यस अवसरमा आकाशवाणी खरसाङ परिसरमा राष्ट्रिय ध्वज उत्तोलन गरिएको छ। यस अवसरमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको बाहुलीबाट राष्ट्रिय ध्वजको उत्तोलन गरिएको छ। यस अवसरमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले आफ्नो सम्बोधनमा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका थिए। उनले देश स्वतन्त्रता सहयोग गर्ने स्वतन्त्रता सेनानीहरूप्रति श्रध्दाञ्जली अर्पण गरेका थिए। यस कार्यक्रममा आकाशावाणी खरसाङको विभिन्न विभागका अधिकारीहरू अनि कर्मचारीहरू उपस्थित रहेका थिए।