सिलगढी: जिल्ला तृणमूल कांग्रेसले १४ अगस्तको साँझ ६ बजेदेखि सिलगढी कञ्चनजङ्घा स्टेडियमको मेला मैदानमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको साथ ‘मध्यरात्रि स्वतन्त्रता’ दिवस मनाएको छ। त्यसपछि राति १२ बजे राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गानसहित कार्यक्रम घोषणा गरियो। कार्यक्रममा तृणमूल कांग्रेस दार्जीलिङ जिल्ला (समतल) अध्यक्ष पापिया घोष र अन्य तृणमूल नेताहरू उपस्थित थिए।