जलपाईगढी: जलपाईगढीको टोलीले १५ हजार फिटको उचाइमा राष्ट्रिय झण्डा फहराएको छ। उल्लेखनीय छ जलपाईगढी नेचर एण्ड ट्रेकर्स क्लबको पहलमा हाल हिमाचल प्रदेशको मणिराङ चुचुरो आरोहण गर्न दुई महिलासहित नौ पर्वतारोही लागेका छन्। यसैबीच बिहीबार समुन्द्र सतहबाट १५ हजार फिटको उचाइमा रहेको आधार शिविरमा पूर्ण सम्मानका साथ स्वतन्त्रता दिवस मनाइएको छ। आधार शिविरबाट पठाइएको सन्देशमा पर्वतारोहण टोलीका सदस्य मध्येका प्रख्यात पर्वतारोही भास्कर दासले आफ्नो धारणा राखेका छन्।