विराटनगरको गोल्डेन हस्पिटलमा दाजु-बहिनी बन्धक

IMG-20240815-WA0034

झापा: मोरङ्गको विराटनगरस्थित गोल्डेन हस्पिटलमा झण्डै दुई महिना देखि बन्धक भएका २७ बर्षिया देव किसुन मण्डल र उनकी बहिनी १७ बर्षिया सविता मण्डल बन्धन मुक्त भएर घर फर्किएका छन्। सुनसरीको कोशी गाउँपालीका ७ का दाजु बहिनी दुई महिनादेखि हस्पिटलको पैसाा तिर्न नसक्दा बन्धक भएर बसेका थिए।
छिमेकमा झगडा हुदाँ चोटपटक लागेपछी उनीहरु जुन १९ मा विराटनगरको गोल्डेन हस्पिटलमा उपचारको लागी आएका थिए। तर उपचार भईसक्दा समेत उनिहरु आर्थिक अभावका कारण उपचारको पैसा तिर्न नसक्दा दुई महिना बन्धक भएर बस्नु पर्यो।
एक लाख ८३ हजार ६ सयको विल हस्पिटलले दिएको त्यस मध्ये मण्डल परिवारले हस्पिटललाई ७२ हजार र फामेर्शीलाई २३ हजार रकम बुझाएका थिए। विलको रकम १ लाख ८३ हजार भएपनी हस्पिटलले पाँच लाख मागेको पिडित परिवारको गुनासो रहेको छ।
जुन १९ मा हस्पिटल भर्ना भएका दाजु वहिनी जुलाई १ सम्म ठिक भए पनी हस्पिटलले धेरै रकम जोडेर दुई महिना सम्म छोराछोरीलाई बन्धक बनाएर राखेको पिडितका बुवा साधु मण्डलले बताएका छन्। हस्पिटलले धेरै पैसा जोडेर भनेको र तिर्न नसक्दा छोराछोरीलाई बन्धक बनाएको उनी बताउँछन्।
बन्धक बनाएर हस्पिटलमा राखेको घटना वाहिरिए पछी हस्पिटलले हिजो साँझ बन्धक मुक्त गरेको थियो। उपचारको पैसा तिर्न नसकेका कारण उनिहरुलाई राख्नु परेको र आफुले थाहा पाएपछी घर पठाएको संचालक सनातन मण्डलले बताएका छन्।
यसरी उपचारका लागि आएका सोझा साझा विरामीहरुलाई अस्पतालले धेरै रकम लिने गरेको र हस्पिटलले बन्धक बनाएर राख्ने गरेको यो पहिलो घटना हैन, विराटनगरमा यस्ता धेरै घटनाहरु यस अगाडी पनी हुँदै आईरहेका छन्। तर सम्बिन्धित निकायले ध्यान दिन नसक्दा आर्थिक अवस्था कमजोर भएका विरामीहरुले उपचार गर्न नसक्ने अवस्था छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement