माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

IMG-20240815-WA0046

झापा: झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।
जिल्लाको हल्दीबारी गाउँपालिका ४ लक्ष्मीचोक निवासी ३० वर्षीय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लगाउने क्रममा घाइते भएका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो।अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement