झापा: मोरङको केराबारी ९ स्कुल चौकमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय मनोज पण्डितकी छोरी ६ बर्षिया प्रतिमा पण्डितको सर्पले टोकेर मृत्यु भएको हो।
बुधबार साँझ दिनभर बिद्यालयमा अध्यायन गरेर घर फर्केकी उनलाई शौचालयमा गोमन सर्पले टोकेको थियो। उनलाई उपचारका लागि तत्काल ईटहरी त्यसपछि बिराटनगर कोी अस्पताल पुर्याईएपनि उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए। बालिकाको मृत्युको खबरले यतिबेला सिंगो गाँउ शोकमा डुबेको छ।