गजल

00-1-Gazal-1

स्वतन्त्रता दिवस भनेर गजक्क नपर्नु, हाम्रो देशभक्तिको केही मोल छैन

हाम्रो देशभक्ति यति छ भनेर बुझाउन ठटाउने ढ्याङ्ग्रो र ढोल छैन

देश स्वतन्त्र भो अंग्रेजी शासनबाट तर देशी शासकबाट भएन अझै

वास्तविक स्वतन्त्रता के हो भनी सम्झाउन बनिएको कुनै झोल छैन

अन्धा, बहिरा, लालची,स्वा र्थी र षड्यन्त्रकारीहरू बनेका छन् शासक

कसले भन्न सक्छ निर्धक्क आज देशको अवस्था नै डावाँडोल छैन

हाम्रो पनि गल्ती छ, रणनीति, दूरदर्शिता, समर्पणको खाँचो छ नी

अफशोस छ त्यहीमाथि मुद्दा पार लाउनलाई आपस्तमा मेलजोल छैन

जुत्ता दिएको छ हाम्रो आकांक्षासित साईज नमिल्ने कुनि कस्तो कस्तो

राम्ररी हेरेको,जुत्ताको माथिल्लो भाग मात्रै रहेछ मुनिको सोल छैनll

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement