झापा: मोरङको विराटनगरमा कारले ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालकको उपचारका क्रममा बुधबार राती मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-३ पिपलचोकस्थित कोशी राजमार्गमा को १ च ५१९१ नम्बरको कार र मधेस प्रदेश ०१-००४ प २७८४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका-५ का ४० को फेकुलाल सरदार गम्भिर घाईते भएका थिए। उनलाई उपचारका लागि नोबेल अस्पतालमा भनाई गरिएको थियो।
उपचारका क्रममा बुधबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कार चालक पथरीशनिश्चरे-१० का जीवन कटुवाल पक्राउ परेका छन्।