झापामा ससुरा-बुहारीको हत्या गर्न खोज्ने पौडेल पक्राउ

IMG-20240815-WA0065

झापा: झापाको हल्दिबारीमा ससुरा-बुहारीको हत्या गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। नेपाली कांग्रेस हल्दिवारीका गाउँ सभापति र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने व्यक्ति पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बिर्तामोड ९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेका छन्। हिजो दिउँसो ३:३० बजे पौडेलले हल्दिबारी २ प्रसाईं बस्तीस्थित नेपाली कांग्रेसका गाउँ समितिका सभापति गंगा प्रसाईंको घरमै आएर प्रसाई र उनकी बुहारी अन्दाजी ३० वर्षीया रेखा खरेल प्रसाईंमाथि धारिलो हतियार सिक्कल प्रहार गर्न खोजेका थिए। त्यहाँ भएका स्थानीयबासीले उनीहरुलाई जोगाएका थिए। हल्दिबारी प्रहरीले उनलाई नियन्त्रणमा लिई साँझ ६:३९ बजे जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाएको छ। प्रहरीले उनले प्रयोग गरेको प्र १-०१-०१२ प ५५७३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ। केही वर्षदेखि साउदी अरबमा बस्दै आएका पौडेलले विगत एक वर्षदेखि सामाजिक सञ्जालमार्फत बुहारी रेखालाई धम्क्याउने तथा गालीगलौज गर्ने र प्रसाईं परिवारका अन्य सदस्यहरुको पनि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेपछि गतवर्षको मार्चमा पौडेलमाथि जिल्ला प्रहरी कार्यालय झापा र काठमाण्डौको हनुमान ढोकास्थित साइबर व्यूरोमा साइबर अपराधसम्बन्धी उजुरी गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement