कुबेर भण्डारी राज्यका नयाँ सूचना आयुक्त नियुक्त

IMG-20240814-WA0341

गान्तोक: राज्यको खेलकूद एवं युवा मामिला विभागका पूर्व सचिव कुबेर भण्डारीले आज राज्यको नयाँ सूचना आयुक्तको शपथ ग्रहण गरे।टाशीलिङस्थित सचिवालयमा आयोजित एक कार्यक्रमबीच भण्डारीलाई आज राज्यका प्रमुख सूचना आयुक्त वाइपी गुरूङले शपथ ग्रहण गराए। यस अवसरमा उनको नियुक्तिबारे डीओपीका सचिव रिन्जिङ छेवाङ भोटियाले नियुक्ति पत्र पढेर जानकारी गराए। कार्यक्रममा राज्यका मुख्य सचिव भीबी पाठक, डीजीपी एके सिंहलगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, अवकाशप्राप्त सचिव भण्डारीले सिक्किम सरकारको विभिन्न विभागमा सचिवको पदभार सम्हालेका थिए।
.

About Author

Advertisement