नयाँ दिल्ली: भारतीय महिला पहलवान विनेश फोगाटको अपीललाई खेल पञ्चाट (सीएएस)-ले खारेज गऱ्यो। विनेशले पेरिस ओलम्पिकमा ५० किग्रा वर्गको फ्रीस्टाइल कुश्तीको फाइनलमा स्थान बनाएकी थिइन् तर स्वर्ण पदकको खेल अघि उनको ओजन निर्धारित सीमाभन्दा १०० ग्राम अधिक पाइएको थियो। यसैकारण उनलाई अयोग्य घोषित गरिएको थियो। त्यसपछि विनेशले संयुक्त रजत पदकको माग गर्दै खेल पञ्चाटमा अपील दायर गरेकी थिइन्, जसको सुनुवाई पूरा भयो। विनेशको अपीलमा फसेलाको मिति बारम्बार पछि सारिएको थियो तर बुधवार चाहिँ उनको अपीललाई खारेज गरियो। यसरी विनेशको ओलम्पिक पदक जित्ने सपना चकनाचूर भयो। यसरी पेरिस ओलम्पिकमा भारतको पदक संख्या पनि ६नै रहनेछ। यसबीच भारतीय ओलम्पिक संघ (आईओए)-की अध्यक्ष पीटी उषाले खेल पञ्चाटमा फोगाटको युनाइटेड वर्ल्ड रेसलिंग (यूडब्ल्यूडब्ल्यू) र अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-विरुद्ध दायर गरिएको अपील खारेज हुँदा निराशा व्यक्त गरेकी छन्।