भारतीय टीममा बलिंग प्रशिक्षकको जिम्मेवारी पाए मोर्ने मोर्कलले

IMG-20240814-WA0306

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -ले दक्षिण अफ्रिकाका पूर्व पेस बलर मोर्ने मोर्कललाई भारतीय क्रिकेट टोलीको बलिंग प्रशिक्षक नियुक्त गरिएको घोषणा गऱ्यो। मोर्कलको अनुबन्ध एक सेप्टेम्बरदेखि शुरु हुनेछ। यसअघि पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरलाई टीम इण्डियाको मुख्य प्रशिक्षक नियुक्त गरिए पनि सहयोगी स्टाफको घोषणा गरिएको थिएन। पूर्व मुख्य प्रशिक्षक राहुल द्रविड़को कार्यकालमा पारस म्हाम्ब्रे बलिंग प्रशिक्षक थिए। बीसीसीआई सचिव जय शाहले मोर्कलको नियुक्तिको पुष्टि गर्दै भनेका छन्, मोर्ने मोर्कललाई सीनियर भारतीय पुरुष टोलीको बलिंग प्रशिक्षक नियुक्त गरिएको छ। दक्षिण अफ्रिकाका ३९ वर्षीय मोर्कललाई नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीरको घनिष्ठ मानिन्छ। यी दुईले आईपीएल फ्रेञ्चाइजी लखनऊ सुपर जाइण्ट्समा एकसाथ काम गरेका थिए। यसअघि गम्भीर र मोर्कलले कलकत्ता नाइट राइडर्समा पनि तीन सीजनसम्म एकसाथ काम गरेका थिए। मोर्कलले दक्षिण अफ्रिकाको तर्फबाट ८६ वटा टेस्ट, ११७ वटा वनडे र ४४ वटा टी२० इण्टरनेशनल म्याच खेलेर जम्मा ५४४ वटा विकेट हासिल गरेका छन्। मोर्कलको भारतीय टीमसँग पहिलो चुनौती बंग्लादेशविरुद्ध खेलिने दुईवटा टेस्ट म्याचको सीरीज हुनेछ। यो सीरीज १९ सेप्टेम्बरदेखि शुरु हुनेछ। अन्य सहयोगी स्टाफहरूको घोषणा चाँड़ै गरिनेछ, जसमा ब्याटिंग प्रशिक्षक र फील्डिंग प्रशिक्षक सामेल छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *