कोलकातामा जुनियर डाक्टरको हत्याको घटना बारे राहुल गान्धीले बयान

00-1-Rahul-Gandhi-1-copy

नयाँ दिल्ली: कोलकाताको आर जी कर अस्पताल एवं कलेजमा भएको दुष्कर्मपछि हत्याको मामिलामा चलिरहेको अनुसन्धानको बीच, कांग्रेस नेता राहुल गान्धीले बुधबार पश्चिम बंगालमा स्थानीय प्रशासनद्वारा स्थितिलाई सम्हाल्ने आलोचना गरे। गान्धीले पोस्टमा लेखेका छन्, ‘पीडितलाई न्याय दिनुको सट्टा दोषीलाई बचाउने प्रयासले अस्पताल र स्थानीय प्रशासनमा गम्भीर प्रश्न खडा गरेको छ। यो घटनाले हामीलाई सोच्न बाध्य तुल्याएको छ कि मेडिकल जस्तो ठाउँमा डाक्टरहरू सुरक्षित छैनन् भने? निर्भया काण्डपछि बनेका कडा कानूनले पनि किन यस्ता अपराध रोक्न सकेनन्?’ उनले भने, ‘हाथरसदेखि उन्नावसम्म र कठुआदेखि कोलकातासम्म हरेक दल, समाजका हरेक वर्गले महिलाविरुद्धको लगातार बढ्दो घटनाबारे गम्भीर छलफल गरी ठोस कदम चाल्नुपर्नेछ। पीडित परिवारको असहनीय पीडामा म साथमा छु। उनीहरूले हर हालतमा न्याय पाउनु पर्छ र दोषीलाई यस्तो सजाय दिनुपर्छ जसले समाजमा उदाहरण बसोस्।‘ कोलकाताको आर जी कर अस्पतालमा ९ अगस्त बिहान सेमिनार हलमा स्नातकोत्तर तहमा अध्ययनरत एक महिलाको शव फेला परेको थियो। घटनामा संलग्न एक सिभिक भोलेन्टियरलाई शनिबार पक्राउ गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement