खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङको शेल्पुस्थित पञ्चबत्ती उच्चतर माध्यमिक विद्यालयमा ७८औँ स्वतन्त्रता दिवसको अवसरमा भव्य कार्यक्रम हुने भएको छ।समारोहमा मुख्य अतिथि पूर्व सह शिक्षक मणिराज थापा उपस्थित रहनेछन्। यसै अवसरमा सिटोङको मानादेखि शेल्पुस्थित विद्यालयसम्म छात्र अनि छात्राको म्याराथन हुनेछ। यसर्थ पञ्चबत्ती परिवारले चालक दाजुभाइलाई बिहान ८:३० देखि १०:३० बजीसम्म गाडी नकुदाएर सहयोग गरिदिने अनुरोध गरिएको छ।
यसरी नै अन्तर्दलीय छात्र-छात्राको लात्तेभकुण्डो खेलाको फाइनल म्याच पनि हुनेछ। यसको साथै गीत, नृत्य अनि कविता वाचन प्रतियोगिता पनि हुने जानकारी विद्यालयको सह शिक्षक कुन्दन बगदासले जानकारी गराएका छन्।









