फोहोरमैला व्यवस्थापन परियोजनाको शिलान्यास

IMG-20240814-WA0278

मैनागढी: खगराबारी २ ग्राम पञ्चायतमा बुधबार दोस्रो ठोस फोहोर व्यवस्थापन परियोजनाको शिलान्यास गरिएको छ। सुडाले करिब साढे दुई करोडको लागतमा निर्माण भएको मैनागढी नगरपालिकाको दोस्रो आयोजनाको आज शिलान्यास गरेको हो।

शिलान्यास कार्यक्रममा मैनागढी नगरपालिकाका अध्यक्ष अनन्तदेव अधिकारी, उपाध्यक्ष मनोज राय, पञ्चायत समितिका अध्यक्ष कुमुद रञ्जन राई, बीडीओ प्रसेनजित कुण्डु, पुलिस थानका आईसी सुबल घोष, खगराबारी २ ग्राम पञ्चायतका प्रमुख बब्लु रायलगायतको उपस्थिति रहेको थियो। यस दिन नरिवल फुटाएर आयोजनाको शिलान्यास गरिएको थियो।

करिब एक वर्षअघि मैनागढी नगरपालिकाले खगराबारी २ ग्राम पञ्चायतअन्तर्गतको फोहोरमैला आयोजनासँग सम्झौता गरेको थियो। आगामी छह–सात महिनाभित्र यो आयोजना शुरु हुने नगरपालिकाको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement