सिलगढी: गणेश पुजा आगामी ३१ अगस्तमा रहेकोले आज खुट्टी पुजाको माध्यमद्वारा सिलगढी विधान मार्केट गणेश पुजा वेलफेयर सोसाइटीको तर्फबाट गणेश पुजाको तयारी शुरू गरेको छ। गत २ वर्षदेखि कोरोनाले गर्दा सामान्य रूपमा गणेश पुजाको आयोजना गरे तापनि यस वर्ष परिस्थिति स्वाभाविक भएकोले पुजा कमिटीको तर्फबाट धुमधामको साथमा पुजाको आयोजना गरिने भएको छ। यस वर्ष उक्त कमिटीको गणेश पुजाले १२ वर्षमा पाइला टेकेको छ। सिलगढी विधान मार्केट गणेश पुजा वेलफेयर सोसाइटीका सदस्यले बताएअनुसार आगामी ३० अगस्तदेखि पुजाको शुभारम्भ गरिनेछ भने लगभग ८ दिनसम्म गणेश भगवानको आराधना गरिनेछ। यस अवधि पुजा कमिटीको तर्फबाट साधारण मानिसहरूको लागि विविध कार्यक्रमको आयोजना गरिनेछ।










