खरसाङ: स्वाधीनता दिवसको पूर्व सप्ताह पालन गर्दै रोटरी क्लब खरसाङले देशको स्वतन्त्रताबारे जागरूकता अभियान पालन गरेको छ। यस अन्तर्गत खरसाङका विशिष्ठ व्यक्तिहरु, कार्यालय प्रमुखहरु, पाठशाला प्रमुख, ब्याङ्कका अधिकारीवर्ग लगायत अन्य विशिष्ट व्यक्तिहरूलाई तिरंगाको ब्याज लगाई यो जागरुकता अभियान सम्पन्न गरियो। कार्यक्रम अनुरूप रोटरी क्लब खरसाङ अन्तर्गत इन्टरयान्ट क्लबका नानीहरूले महकुमा अधिकारी, खण्ड विकास अधिकारी, आईसी पुलिस, खरसाङ थाना, नगरपालिका अध्यक्ष, उपाध्यक्ष, एसबीआई लगायत अन्य ब्यांक अधिकारीवर्ग, खरसाङ अस्पतालको फार्मेसी विभाग लगायत विभिन्न विद्यालय प्रमुखहरुलाई तिरंगा ब्याज लगाईदिने कार्यक्रम सम्पन्न गरियो।

यस अवसरमा इन्टरयाक्ट क्लब सेन्ट एन्थोनी स्कूलका विद्यार्थीहरुसँगै सह शिक्षकले सक्रिय भूमिका निभाएका थिए।

उल्लेखनीय छ, प्रत्येक वर्ष झैं आफ्नो कार्यकाल समापनपछि यस वर्ष पनि रोटरी क्लब खरसाङ्ले नयाँ बोर्ड गठन गरेको छ। विगत १० अगस्तको दिन सम्पन्न आफ्नो वार्षिक सभामा निवर्तमान अध्यक्ष विनय जैनले नयाँ वोर्डलाई आफ्नो कार्यभार सुम्पिएका छन्। नयाँ वोर्डमा अध्यक्ष रोटरियन बबी चचान, उपाध्यक्ष रोटरियन चेतन तिवारी, सचिव विश्सास बन्सल, कोषाध्यक्ष शमीम अनवर अली लगायत वरिष्ठ सदस्यगण रोटरियन बलाराम राई, खेमराज राई, रोटरियन रविन्द्र सुब्बा, पासाङ टी शेर्पा अनि प्रदिप गुरुङ साथै फादर जोन टिग्गा, एसजे सल्लाहकार रहेका छन् भने रोटरियन विशाल गुरुङ, इन्दिरा थापा गुरुङ, नोएल क्षेत्री, रोटरियन अशोक अग्रवाल, अशोक गोयल, रोटरियन लोदेन तेञ्जिङ, अरुण गुरुङ, रोटरियन विश्वजीत, विनय जैन, रोटरियन सञ्जीव प्रधान, नवीन कटवाल, एडवीन क्षेत्री, प्रवीर प्रधान, सोनाम आदिलाई विभिन्न पदाधिकारी चयन गरी नयाँ कार्यकारिणि समिति गठन गरियो भनी लोटरी क्लब खरसाङको पूर्वाध्यक्ष इन्दिरा थापा गुरुङले जानकारी गराएका छन्।










