खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज-३ ग्राम पञ्चायत अन्तगर्त लंगभ्यु बिमेटारमा पञ्चायतमार्फत् निर्माण हुन गइरहेको समाज भवनको निर्माण कार्यको विधिवत पूजा अर्चनासहित शिलान्यास कार्यक्रम सम्पन्न भयो। पञ्चायतमार्फत निर्माण हुन गइरहेको समाज भवनले ग्रामवासीलाई धेरै सुविधा हुने पञ्चायत सदस्य निरज डुम्जनले जनाएका छन्। आज सम्पन्न शिलान्यास कार्यक्रममा सन्त मेरिज-३ ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधान, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार साथै ग्रामवासीहरूको उपस्थिति रहेको थियो।









