सविता कार्की नारी शक्ति महकुमा सभापति र जैतुन निशा महासचिव चयन
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको कार्यलयमा महकुमा नारी शक्तिको पद भारमा नियुक्तिकोे निम्ति केन्द्रीय नारी शक्ति अध्यक्ष अनु छेत्री प्रधानको अध्यक्षतामा एक सभा सम्पन्न भयो। खरसाङ महकुमा स्तरमा नारी सशक्तिकरणको निम्ति महकुमा नारी शक्ति अध्यक्षको पदभार केद्रीय अध्यक्ष अनित थापाको परामर्श अनुसार साबिता कार्कीलाई महकुमा नारी शक्ति अध्यक्षकोे रूपमा अनि जैतून निशा खातुनलाई महकुमा नारी शक्तिकोे मूल सचिवकोे रूपमा नियुक्त गरिएको छ। दुवैलाई नियुक्ति पत्र केन्द्रीय नारी शक्ति अनु छेत्री प्रधानकोे बाहुलीबाट प्रदान गरियो। यस अवसरमा खरसाङ महकुमा समितिकोे मूल सचिव प्रणाम रसाइली, खरसाङ टाउन नारी शक्ति सभापति देवकी प्रधान सुब्बा, नारी शक्ति महकुमाका सदस्याहरू यांकी लामा, संध्या तामाङ्ग, अञ्जना प्रधान, टाउन नारी शक्ति उप सभापति अमिता लामा (भूतपूर्व नगरपालिका पार्षदिका) र अन्य सदस्यीहरु उपस्थित थिए।

दोस्रो चरणकोे कार्यक्रममा केन्द्रीय समितिमाका संस्थापक अध्यक्ष अनित थापाको आदेश अनुरूप डेविस छेत्रीलाई खरसाङ महकुमा समितिकोे सांगठनिक सचिवकोे पदमा नियुक्त गरिएको छ। उनलाई नियुक्ति पत्र मूल सचिव प्रणाम रसाइलीकोे बाहुलीबाट प्रदान गरियो। यस अवसरमा टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिन र प्रचार प्रसार सचिव संजय राउत उपस्थित थिए।