सेवोक: नेताजी युथ क्लब (एन.वाई.सी.), सेवोकको तत्त्वावधानमा आयोजित ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी सिटी फूटबल क्लबले फाइनलमा स्थान बनायो। सेवोक प्राइमरी स्कूल मैदानमा मंगलवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा सिलगढ़ी सिटी एफसी-ले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल कुंगा लामाले छिराए। यसरी सिलगढ़ी युनाइटेडबाट एकमात्र गोल एनोस राईले गरे।

अन्तिम समयमा २ गोल गरी आफ्नो टीमलाई जीत दिलाउने कुंगा लामालाई प्लेयर अव् द म्याच चयन गरियो। अब १५ अगस्तमाखेलिने फाइनलमा सिलगढ़ी सिटी एफसी र ५/८ गोर्खा राइफल्सबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।