झापा: यही अगस्त १६ मा आयोजना हुने परियार सेवा समाजको सम्मेलनमा पाँच जनालाई सम्मान गरिने भएको छ।
यसअघि अगस्त १७ मा गरिने भनिएकोमा विविध प्राबिधिक कारणवस अगस्त १६ शुक्रवार पूर्वनिर्धारित कनकाई-१ स्थित दुर्गापुरको दलित सामुदायिक भवनमा सम्मेलन गरिने समाजका सचिव वीरु दर्नालले बताए। सम्मेलनमा समाजका विभिन्न क्षेत्रका पाँच जना ब्यक्तित्वलाई सम्मान गरिने समाजका अध्यक्ष भोला परियारले जानकारी दिए। पहिलो महिला अटो मेकानिक तथा नेतृ नीरु परियारसहित पाँच जनालाई सम्मान गरिने भएको हो।
सम्मानित हुन लागेका अन्यमा सहकारीकर्मी पोषक मोते, समाजका पूर्वसचिव तथा निवृत्त शिक्षक गजेन्द्र नेपाली, शिक्षक रन्जित परियार र महिला नेतृ सावित्रा बर्देवा रहेका छन्।
पाँचौं राष्ट्रिय सम्मेलनको तयारीस्वरुप झापामा तेस्रो सम्मेलन गरिन लागेको बताईएको छ। समाजका कोशी प्रदेश इन्चार्ज धर्म नेपाली सम्मेलनको प्रमुख अतिथि रहने जनाइएको छ।










