इटहरीमा जंगली हात्तीले दुईवटा घर भत्कायो

IMG-20240814-WA0012

झापा: सुनसरीको इटहरीमा जंगली हात्तीले दुईवटा घर भत्काएको छ। राति आएका हात्तीका बथानले घर भत्काएको हो।
इटहरी २ शान्तिनगरस्थित अृमतबहादुर मगर र उनका छिमेकी श्रेष्ठ थरीका व्यक्तिको घर हात्तीले भत्काएको स्थानीय रोशन अधिकारीले जानकारी दिए।
उनका अनुसार राति ८ बजेदेखि नै आएका हात्तीका बथानले बिहानको राति घर भत्काएको हो। एउटा पक्की भुइँ घर र अर्को कच्ची भुइँ घर भत्काएको उनले बताए।
‘घर भत्काएर धान, चामल खाएको पाइयो। मानवीय क्षति भने भएन,’ उनले द रिपब्लिकसँग भने, ‘आजकाल रातभर हात्ती धपाउन जाग्राम बस्नुपर्ने बाध्यता छ।’
गएराति एक दर्जन बढीको संख्यामा हात्तीका बथान मानव बस्ती पसेका थिए। स्थानीयबासीले धपाएपनि बिहानको राति भने घर भत्काएको बताइएको छ।
अधिकारीका अनुसार उक्त क्षेत्रमा बर्सेनि हात्तीका बथान आउने र क्षति गर्ने गरेका कारण प्रशासनसँग सहयोगको अपिल गरिएको छ।
उक्त क्षेत्रमा हात्तीको जोखिम निकै भएका कारण तरहराको पानीपियादेखि शान्तिनगरको सरस्वती टोल विकास क्षेत्रसम्म ‘टावर लाइट’ लगाउन अवाश्यक रहेको उनले बताए। टावर लाइट र सोलार फेन्सिङ लगाउँदा हात्ती आएको देखिन्थ्यो। जसले गर्दा मानवीय क्षतिसमेत हुन नदिन सजक हुन पाइन्थ्यो,’ उनले भने, ‘हामीले यसबारे इटहरी उपमहानगरलाई पनि जानकारी गराएका छौँ। टावर लाइट र सोलार फेन्सिङ हुँदा दीर्घकालीनसम्म सहज हुनेथियो।’
हात्ती मानव बस्तीमा आए, नआएको थाहा पाउन उक्त लाइटका कारण सहज हुने भएकाले तत्कालै लाइट जडान गर्नुपर्ने अधिकारीले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *