हकी टीमसँग भविष्यको योजनाहरूबारे चर्चा गर्न चाहन्छन् खेल मन्त्री

IMG-20240813-WA0209

नयाँ दिल्ली: खेल मन्त्री मनसुख मण्डावियाले बताएअनुसार, उनी १० सेप्टेम्बरअघि पेरिसमा काँस्य पदक जित्ने भारतीय पुरुष हकी टीमसँग बैठक गरेर २०२८ लस एञ्जिलिस ओलम्पिक खेलहरूमा स्वर्ण पदक जित्ने लक्ष्यको साथ भविष्यको योजना बनाउनेछन्। उनले मंगलवार बिहान पेरिसबाट फर्किने हकी टीमका स्टार गोलकीपर पीआर श्रीजेश, डिफेण्डर सञ्जय, अमित रोहिदास र स्ट्राईकर अभिषेकलाई सम्मानित गरे। मण्डावियाले भने, हामीले स्वर्ण जित्न सकेनौं तर त्यसको नजिक पुग्न सक्यौं। सेमिफाइनलमा हारपछि टीमको प्रदर्शन साँच्चै सराहनीय रह्यो। उनले अझ भने, यो यात्राको अन्त होइन अनि लस एञ्जिलिसबाट स्वर्ण पदक लिएर फर्किने लक्ष्य लिएर म १० सेप्टेम्बरसम्म तपाईंहरूसँग बसेर भविष्यको रणनीतिमाथि विचार गर्नेछु।
यसलाई कसरी अघि बढ़ाउन सकिन्छ भन्ने विषयमा हामी खेलाड़ीहरूका परामर्श लिनेछौं अनि सरकारको तर्फबाट तपाईंहरूलाई हरसम्भव सहायता प्रदान गर्ने प्रयास गर्नेछु। खेल मन्त्रीले बताएअनुसार, भारत पदक जित्ने मामिलामा टोक्यो ओलम्पिकको बराबरीमा पुग्न नसके पनि उनी खेलाड़ीहरूका प्रदर्शनसँग खुशी छन्। टोक्योमा भारतले एउटा स्वर्णसहित सातवटा पदक जितेको थियो जबकि पेरिसमा केवल ६ वटा पदक जित्न सक्यो, जसमा एउटा रजत र पाँचवटा काँस्य पदक सामेल छ। मण्डावियाले भने, यसपाली टोक्योको तुलनामा कम्ती पदक जितेको कुरा सही हो तर हामीले चौथो स्थानमा रहेर सातवटा पदक गुमायौं। यसैकारण म खेलाड़ीहरूका प्रदर्शनसँग सन्तुष्ट छु। अब हामीले लस एञ्जिलिसको तयारी शुरु गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement