पाकिम: मुख्यमन्त्री प्रेमसिंह तामाङको सुनौलो सिक्किम, समृद्ध सिक्किम दृष्टिकोण अनुरुप सहकारिता विभाग, पाकिम जिल्लाले सिस्को ब्याङ्क, पाकिम शाखाको सहकार्यमा आज पाचेखानीमा लोन वितरण कार्यक्रम आयोजन गऱ्यो। लामो समयदेखि लम्बित तीनवटा गैर निष्पादित सम्पत्ति (एनपीए) बन्द भएपछि यसका २१ सदस्यहरूलाई आज डिक्लिङ पाचेखानी एमपीसीएसले किसान क्रेडिट कार्ड लोन वितरण गऱ्यो।
जानकारी अनुसार, सहकारिता विभाग र सिस्को ब्याङ्कका अधिकारीहरूको उपस्थितिमा आज कुल ९,७५,००० रूपियॉं वितरण गरियो। यो उपलब्धिले समुदायमा आर्थिक विकास र वित्तीय स्थिरतलाई समर्थन गर्ने विभागको प्रतिबद्धतालाई दर्साउॅंछ भनी बताइएको छ।