जलपाईगढी: आरजी कर अस्पतालको घटनाको कारण जलपाईगढी सरकारी मेडिकल कलेज एवं अस्पतालमा आकस्मिक सेवाहरू बाहेक सबै चिकित्सा सेवाहरू बन्द गरिएको छ। आरजी कर अस्पताल घटनाको विरूद्ध आन्दोलन मंगलबार तीब्र भयोl जलपाईगढी सरकारी मेडिकल कलेजका विद्यार्थीहरूले अपराध प्लेटफर्मको विरुद्धमा आपतकालीन सेवाहरू बाहेक सबै चिकित्सा सेवाहरू बन्द गर्ने घोषणा गरे।

कलेजका विद्यार्थी अगेन्स्ट क्राइम प्लेटफर्मले राज्यमा मानिसमाथि उत्पीडन बढेको बताएका छन्। ‘महिलाको डाक्टरसित भएको त्यो घटना सहन सकिँदैन। त्यसैले हाम्रा माग पूरा नभएसम्म आकस्मिक सेवा बाहेकका सबै चिकित्सा सेवा बन्द रहनेछन्’, उनीहरूले भने। तर, यस सन्दर्भमा जलपाईगधु सरकारी मेडिकल कलेजका प्रिन्सिपल प्रोफेसर डा. प्रवीर कुमार देवले चिकित्सा सेवा लामो समयसम्म बन्द रह्यो भने समाजमा प्रतिकूल असर पर्ने भन्दै उनीहरूलाई बुझाउने प्रयास गरेको बताए।