पार्टीको झण्डा हल्लाएर भीआइपीको ठाँट देखाउनेहरूलाई एसकेएम मुख्यालयले लगायो अङ्कुश

FB_IMG_1723572541246

गान्तोक: वाहनको अगाड़ी सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चाको झण्डा लगाएर ठाँट देखाउनेहरूलाई पार्टीले अङ्कुश लगाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको मुख्यालयले आज यस सम्बन्धमा एउटा आधिकारिक सूचना जारी गरेको छ। महासचिव (मुख्यालय/प्रशासन) पवन गुरुङद्वारा जारी गरिएको उक्त सूचनामा पार्टीको झण्डालाई भीआइपी झण्डाको स्वरुप दिएर दुरुपयोग गरेको धेरै गुनासो आएपछि पार्टीले वाहनमा झन्डाको प्रयोगमाथि रोक लगाएको बताइएको छ। यसरी पार्टीको भीआइपी झण्डा लगाएर ट्राफिक नियमहरूको उल्लङ्घन गरेको आरोप रहेको छ। यी सबै कुरालाई लिएर कड़ा कदम उठाउँदै एसकेएम मुख्यालयले पार्टीले कसैलाई पनि यस प्रकारको भीआइपी झण्डा प्रयोग गर्ने अनुमति नदिएको अनि वाहनमा भीआइपी झण्डा लगाउने पार्टीका नेता अनि कार्यकर्तालाई नियम कानून पालन गर्ने आह्वान गरेको छ।
वाहनमा झण्डा लगाउने कार्यकर्ताहरूले कस्टमाइज गरेको भीआइपी झण्डाको साटो पार्टीको आधिकारिक ठुलो झण्डा लगाउने एसकेएम मुख्यालयले सुझाउ दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement