सिलगढी: कोलकाताको आरजी कर मेडिकल कलेज एण्ड अस्पतालमा प्रशिक्षार्थी महिला डाक्टरको हत्याको विरोधमा शोक सभा आयोजना गरिएको थियो। दार्जीलिङ जिल्ला सीपीआईका नेता र कार्यकर्ताहरू सिलगढीको हास्मी चोकमा भेला भए र शोक व्यक्त गरे। दार्जीलिङ जिल्ला सीपीआईका सहसचिव पार्थ मैत्रले घटनामा संलग्न वास्तविक दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए। उनले आरजी कर मेडिकल कलेज तथा अस्पतालका प्रशिक्षार्थी महिला डाक्टरहरुमाथि भएको अत्याचार सभ्य समाजमा सहन नसकिने बताए। उनले यस घटनाका दोषीलाई उदाहरणीय हुने गरी सजाय दिनुपर्ने बताए।