सरकारबाट १.४८ करोड़ रुपियाँको पाएको खबरको खण्डन गरिन् अश्विनी पोनप्पाले

IMG-20240813-WA0199

नयाँ दिल्ली: भारतकी अनुभवी युगल ब्याडमिण्टन खेलाड़ी अश्विनी पोनप्पाले मंगलवार उनलाई पेरिस ओलम्पिकको तयारीहरूको निम्ति खेल मन्त्रालयबाट कुनै व्यक्तिगत वित्तीय सहायता प्राप्त नभएको अनि प्रशिक्षकको निम्ति उनको अनुरोधलाई पनि खारेज गरिएको दावी गरेकी छन्। भारतीय खेल प्राधिकरण (साइ)-ले पेश गरेको पेरिस ओलम्पिकमा हिस्सा लिने भारतीय खेलाड़ीहरूलाई प्रदान गरिएको वित्तीय सहायताको विवरण अनुसार अश्विनीलाई टारगेट ओलम्पिक पोडियम योजना (टप्स)-अन्तर्गत ४,५०,००० रुपियाँ तथा अभ्यास र प्रतियोगिता (एसीटीसी)-को वार्षिक क्यालेण्डरअन्तर्गत १,४८,०४,०८० रुपियाँ प्रदान गरिएको थियो। यसबारे अश्विनीले भनिन्, म साँच्चै अचम्भित छु। मलाई पैसा नपाएकोमा आपत्ति छैन तर मैले पैसा लिएको थिएँ भनेर देशलाई बताउनु निराशाजनक कुरा हो। मैले पैसा पाएको थिइनँ। यसरी राष्ट्रिय शिविरको कुरा गर्दा त्यसमा हिस्सा लिने सबै खेलाड़ीमाथि १.५ करोड़ रुपियाँ खर्च गरिएको थियो। मसँग त आफ्नो इच्छा अनुसार प्रशिक्षक पनि थिएन। यसबाहेक निजी ट्रेनरको खर्च पनि म आफैले गर्नु परेको थियो। मैले कसैबाट पैसा लिइनँ। म नोभेम्बर २०२३-सम्म आफ्नो खर्चमा खेलिरहे। हामीले ओलम्पिकको निम्ति क्वालीफाई गरेपछि मात्र मलाई टप्समा सामेल गरियो। भारतकी शीर्ष युगल खेलाड़ी ३४ वर्षीय अश्विनीले कमनवेल्थ गेम्स २०१०, २०१४ र २०१८-मा क्रमशः स्वर्ण, रजत र काँस्य पदक जितेकी थिइन्। उनले ज्वाला गुट्टासँग जोड़ी बनाएर लण्डन र रियो ओलम्पिकमा हिस्सा लिएकी थिइन्। साइको एउटा सूत्रले १.४८ करोड़ रुपियाँको खर्चको विवरण दिँदै भनेको छ, यो धनराशि यी सबै प्रतियोगिताहरूमा यात्रा, बस्ने, खाने, प्रतियोगिता शुल्क आदिमा खर्च गरिएको थियो जसमा उनले ओलम्पिक अघि हिस्सा लिएकी थिइन्। यो धनराशि भारतीय ब्याडमिण्टन संघलाई एसीटीसी-अन्तर्गत दिइएको थियो। अगस्त २०२२-सम्म एन सिक्की रेड्डीसँग जोड़ी बनाएर खेल्ने अश्विनीले त्यही साल दिसम्बरमा तनीषा क्रास्टोसँग जोड़ी बनाएर खेल्न शुरु गरेकी थिइन्। यस जोड़ीले जनवरी २०२३-देखि अन्तर्राष्ट्रिय टुनमिण्टमा खेल्न शुरु गर्दै केही टुनीमेण्टहरूमा असल प्रदर्शन गरी ओलम्पिकको निम्ति क्वालीफाई गरेको थियो। अश्विनीले भनिन्, मन्त्रालयले सदा मलाई समर्थन गरेको छ। म सालौंदेखि टीमको हिस्सा रहेकी छु अनि मलाई जुन समर्थन प्राप्त भएको छ, त्यसको निम्ति म आभारी छु। गत वर्ष मलाई कुनै सहयोग प्राप्त भएन अनि यही सही हो। मलाई १.५ करोड़ रुपियाँ दिइयो भनेर कसैले भन्न सक्दैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement