सिलगढी: सोमबार बागडोग्राको जंगलीबाबा मन्दिरमा जाँदै गरेका ६ जना यात्रीको सडक दुर्घटनामा मृत्यु भएको छ। उत्तर बंगालका विकास मन्त्री उदयन गुहाले आज मृतकका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका छन्। आज मन्त्रीले फासिदवाको दानागाछमा ज्यान गुमाएकाका परिवारलाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन्। यस क्रममा उनीसँग जिल्ला तृणमूल सभा नेता पापिया घोष, सिलगढी डिभिजनल काउन्सिल अध्यक्ष अरुण घोष, सहायक अध्यक्ष रोमा रेशमी एक्का, ब्लाक तृणमूल अध्यक्ष काजल घोष, पूर्व विधायक छोटन किस्कु उपस्थित थिए। मन्त्रीले यो दुःखद घटना भएको बताए।
उनी आफुले यो कुरा मुख्यमन्त्री समक्ष लैजाने प्रतिबद्धता व्यक्त गरे।