जलपाईगढी: पश्चिम बंगालका जनतालाई एकजुट गर्ने र बंगलादेशमा बसोबास गर्ने अल्पसंख्यक हिन्दूहरूको नरकीय उत्पीडनको विरुद्धमा ठूलो आन्दोलन गर्ने उद्देश्यले हिन्दू सुरक्षा मञ्चले मंगलबार पाण्डापाडाबाट मौन जुलुस निकालेको थियो हिन्दू सुरक्षा मञ्चका संयोजक सिकदर नागले बंगलादेशमा बसोबास गर्ने हिन्दूमाथि कस्तो नरकीय अत्याचार भइरहेका छन् भन्ने कुरा विभिन्न सञ्चारमाध्यमबाट देख्न पाइन्छl बंगलादेशका विद्यार्थीले आफ्ना मागका लागि पहिले आन्दोलन गरे, तर पछि बुझेका थिए त्यहाँ बस्ने अल्पसंख्यक हिन्दूहरूलाई उत्पीडन गर्नु मुख्य उद्देश्य थियो।