गान्तोक: आफ्नो शैक्षिक उत्कृष्टताको महत्त्वपूर्ण मान्यता प्राप्त गर्दै सिक्किमका दुइ विद्यार्थीहरू सुश्री रोशना थामी र मास्टर मिङ्मा लेप्चाले दिल्लीको लाल किल्लामा सम्पन्न हुने ७८औँ स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिका रूपमा उपस्थित हुने अवसर प्राप्त गरेका छन्।यस प्रतिष्ठित सम्मानका लागि प्रधानमन्त्री श्री वृहस्पति प्रसाईँ सरकारी उच्च माध्यमिक विद्यालयकी छात्रा रोशना थामी र प्रधानमन्त्री श्री सरकारी उच्च माध्यमिक विद्यालय साम्दोङकी छात्रा मास्टर मिङ्मा लेप्चा चयन भएका छन्। यो मान्यता उनीहरूको उत्कृष्ट शैक्षिक उपलब्धि र अनुकरणीय व्यवहारको प्रमाण हो। विद्यार्थीहरूले राष्ट्रिय झण्डा फहराउने, सांस्कृतिक कार्यक्रम र भारतका प्रधानमन्त्रीको सम्बोधन लगायतका भव्य समारोहहरू हेर्ने अवसर पाउनेछन्। यस राष्ट्रिय कार्यक्रममा उनीहरूलाई सहभागिताको निम्ति आएको निमन्त्रणाले सिक्किम राज्यसहित उनीहरूको विद्यालय र परिवारलाई हर्षित बनाएको छ।