गान्तोक: यहाँको पाल्जोर स्टेडियममा सिक्किम फूटबल एसोसिएसनद्वारा ७८औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित छोग्याल सर टाशी नामग्यल मेमोरियल कप फूटबल टुर्नामेन्टको अन्तिम सेमी फाइनल सम्पन्न भयो। सिक्किम पुलिस एफटी र ख्वाजाल भेङथार मिजोरमबीच भएको म्याचमा मिजोरमको टीम टाइ ब्रेकरमा ३ को विरुद्ध ४ गोलले विजयी बन्यो। यसकासाथै मिजोरमले एपीएफ नेपालको साथमा फाइनलमा स्थान पक्का बनाएको छ। फाइनल म्याच आगामी १५ अगस्त स्वतन्त्रता दिवसको दिन खेलिनेछ।
म्याचको पूर्वार्धमा सिक्किम पुलिसले दुई गोलको अग्रता पाएको थियो। तर, उत्तरार्धमा मिजोरमले कमब्याक गर्दै दुई गोल छिराएर स्कोर बराबर बनायो। यसरी म्याच बराबरीमा समाप्त भयो। निर्धारित समयको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयको निम्ति म्याच खेलाइयो। तर, कुनै पनि दलले गोल गर्न नसक्दा म्याच टाइब्रेकरसम्म पुग्यो। टाइ ब्रेकरमा सिक्किम पुलिसले पाँच मध्ये एउटा मात्र गोल गर्नसक्यो भने मिजोरामले दुई गोल छिराएर फाइनलको यात्रा तय गरेको छ।
फाइनल खेल १५ अगस्तको दिन अपरान्ह २:१५ बजी सम्पन्न हुने छ।