भारतीय गोर्खा परिसंघ खरसाङ क्षेत्रीय समितिको सभा   

खरसाङ : भारतीय गोर्खा परिसंघको खरसाङ क्षेत्रीय समितिको साधारण सभा खरसाङको गोर्खा जन पुस्तकालय भवनमा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भयो। भागोप खरसाङकी सचिव देविका मंग्राती राईद्वारा सञ्चालित सभालाई प्रमुख सल्लाहकार पण्डित तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो। सभामा खरसाङ क्षेत्रीय समितिको अध्यक्ष पदको खाली स्थानमा सहदेव चामलिङको नाम तिलक शर्माले प्रस्ताव राखेपछि सर्वसहमतिद्वारा उपस्थित सदस्यहरूले समर्थन जनाए। रामप्रसाद लामाले अध्यक्ष पदबाट राजनीनामा दिएको कुरोलाई सबै उपस्थित सदस्यहरूले स्वीकार गरे पश्चात यो पदमा सहदेव चामलिङलाई अध्यक्ष पदमा चयन गरियो। उनको कोषाध्यक्ष पदलाई खारिज गरेर मिना लामा राईलाई कोषाध्यक्षाको पदमा सर्वसहमतिद्वारा चयन गरियो। सभाको शुरूवातमा सचिवले सचिवको प्रतिवेदनमा भागोप खरसाङले आजसम्म गरेको विभिन्न सभाहरू, कार्यक्रमहरू, सहभागिताहरूको विस्तृत जानकारी गराएका छन्। सभामा वक्ताहरूले भागोपलाई अघि बढ़ाउने, फस्टाउने, जातीयहितको निम्ति नि:स्वार्थ रूपमा काम गर्नपर्छ, निष्ठापूर्वक कार्य गर्नुपर्छ भन्ने कुराहरू राखेका थिए। भागोपको महा अधिवेशन आसामको कोक्राझारमा हुने जानकारी पनि साझा गरियो। त्यसरी नै ‘कोकाझार जाऔं’ को नारा फैलाउने कुरा पनि सभामा गरियो। भारतीय गोर्खाहरूलाई समेटेर गठित भागोप एक छाता सङ्गठन साथै अराजनैतिक सङ्गठन हो भनी बताइएको छ।

सभामा पण्डित तुलसीप्रसाद अधिकारी, तिलक शर्मा, आशा मुखिया लामा, हेमराज गुरूङ, सुवाङ सुहा, जयराज थापा,लिली ओझा छेत्री, शान्ती तामाङ, लक्ष्मण शर्मा, ललिता शेर्पा, सहदेव चामलिङ, आशा गिरी राई, देवराज भण्डारी, छेकी शेर्पा, पारस लामा, शसी शेर्पा अनि देविका मंग्राती राई उपस्थित थिए। कोक्राझार गई भागोपको महाधिवेशनलाई सफल बनाऔं भन्ने कुरा राख्दै सभा सभापतिको घोषणा भएको छ। सभामा खरसाङ, घैयाबारी, तीनधारे, दिलाराम, मामरिङ-तोरयोक अनि खरसाङका सदस्यहरू उपस्थित रहेका थिए भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement