जलपाईगढी (न्यूज एशिया): ज्युनियर डाक्टरहरू सहित मेडिकल विद्यार्थीहरूले मंगलबार बिहानदेखि जलपाईगढी मेडिकल कलेज एवं अस्पताल र राज्यका अन्य मेडिकल कलेजहरूमा कालो बिल्ला लगाएर हडताल शुरु गरेका छन्। दिन बित्दै जाँदा जिल्लाका विभिन्न भागबाट आउने बिरामीको संख्या जलपाईगढी मेडिकल कलेज तथा अस्पतालमा बढे पनि सेवा बन्द हुँदा धेरै मानिसहरु निराश भएर घर फर्किएका छन्। यस्तो अवस्थामा जलपाईगढी मेडिकल कलेज एण्ड अस्पतालका सुपरिटेन्डेन्ट तथा उपप्राचार्य डा कल्याण खा दिउँसो आन्दोलनकारीहरूका बीचमा पुगे र घटनास्थलमा उपस्थित सञ्चारकर्मीहरूसँग कुरा गरे। उनले यो आन्दोलनलाई सबैभन्दा पहिले सबैले साथ दिने बताए। जुनियर डाक्टरहरुको हडताल र माग जायज रहेको बताए। -न्यूज एसिया