एनजेपी थानाको सक्रियतामा अपहरण गर्ने पाँच जना पक्राउ

photocollage_202481319044520-copy

सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको एनजेपी थानाको पुलिसले नेपालका निवासीलाई साथी बनाएर अपहरण गरेको मामिलामा ठूलो सफलता हात पारेको छ। पुलिसले फिल्मी शैलीमा अपहरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार नेपालको झापा जिल्लाकी एक महिला ८ अगस्तको दिन अपहरणमा परेकी थिइन्। पुलिसका अनुसार नेपाल निवासी ती महिला लामो समयदेखि कामको सिलसिलामा साउदी अरबमा थिइन्। त्यहाँबाट केही दिनअघि उनी नेपाल फर्किएकी थिइन्। साथीहरू आडमा ती व्यक्तिलाई उनीसँग धेरै पैसा छ भन्ने थाहा हुन्छ। त्य

सपछि दुई युवा सुरज सेवा, दिनेश सेवा, मिरिकका रेवास प्रधान र असमका दुई युवा मनोज ठाकुर र क्रिस्टोफर हेम्ब्रोनले मिलेर लक्ष्मी गुरुङलाई अपहरण गर्ने योजना बनाएको समाचार। ८ अगस्तमा उनीहरूले उनलाई घुम्न लैजाने बहानामा सिलगढी ल्याए र अपहरण गरेको बताइएको छ। पछि लक्ष्मीको रिहाइका लागि उनीसँग ८ लाख रुपियाँ माग गरिएको थियो। अपहरणमा परेका व्यक्तिले नेपालस्थित आफ्नै घरमा यसबारे जानकारी गराएका थिए। अपहरणकारीको योजना अनुसार उक्त रकम आइतबार राति फुलबारी लैजाने थियो। त्यसपछि १२ अगस्तमा लक्ष्मी गुरुङका परिवारले एनजेपी पुलिस चौकीमा मुद्दाको लिखित जानकारी दिएपछि अपहरणकारीलाई पक्रने काम शुरु भएको थियो। आइतबार राति पुलिसले फुलबारीस्थित होटलमा क्याम्प लगाएको थियो। यसपछि अपहरणकारीसहित ५ जना पक्राउ परेका छन्। अपहरणमा परेका व्यक्तिको पनि उद्धार गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement