कालचिनी: वनबस्तीका बासिन्दाले विभिन्न माग राख्दै वन विभागको दायरा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उत्तरबङ्ग वन श्रमजीवी मञ्चको आयोजनामा मंगलबार पाना रेन्ज कार्यालयमा कालचिनी ब्लकको आदमा, राईमाटाङ, पानाबस्तीका बासिन्दाले उक्त ज्ञापनपत्र बुझाएका हुन्। वनबस्तीका बासिन्दाले विशाल र्यालीमार्फत दायरा कार्यालय अगाडि पुगेर विरोध समेत गरेका थिए। यस सम्बन्धमा वन श्रमजीवी मञ्चका संयोजक लालसिंह भुजेलले वन अधिकार ऐन लागू हुने क्षेत्रमा धेरै ठाउँमा वन विभागले हस्तक्षेप गरिरहेको बताए। यसबाहेक वन क्षेत्रका विकासका काममा वन विभागले अवरोध गरिरहेको उनले जनाए। “हामी यो अन्याय सहने छैनौं। त्यसैले हामीले वन विभागका विभिन्न कार्यालयमा ज्ञापनपत्र बुझाइरहेका छौं” उनले भनेे।