आलू सहित पिकअप भ्यान चोरीको जाँचमा जुट्यो पुलिस

IMG-20240717-WA0001

फाँसीदेवा: ६५ बोरा आलू सहित पिकअप भ्यान चोरी भएको घटना सिलगढी संलग्न फाँसीदेवाको लेउसीपाकरी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार सोमवार राति लगभग १०:३० बजे पिकअप भ्यान चालकले हल्दीबाडीबाट पिकअप भ्यानमा ६५ बोरा आलू लिएर आएपछि लेउसीपाकरी इलाकामा आफ्नो घर नजिक पिकअप भ्यान राखे। आज बिहान तिनी पिकअपबाट आलू निकाल्न जाँदा आलू सहित पिकअप चोरी भएको थाहा पाए। पिकअप भ्यान सहित लगभग ८० हजार रुपियाँको आलू चोरी भएको बताइएको छ। अर्कोतिर, चोरीको घटनाबारे फाँसीदेवा थाना पुलिसलाई जानकारी दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement