झुन्डिएको अवस्थामा एक व्यक्तिको मृतदेह उद्धार

IMG-20240717-WA0001

राजगञ्ज: राजगञ्ज खण्डको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत बेलाकोवाको कलारबाडी गाउँमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा लाश उद्धार भएको छ।यस घटनापछि इलाकामा सनसनी फैलिएको छ। मृतकको नाम विनोद भूमिज हो। प्राप्त जानकारी अनुसार उक्त व्यक्ति धेरै समयदेखि बिमार साथै मानसिक तनाउसित जुझिरहेका थिए। तिनले आफु पछि पिता, पत्नी अनि एकजना छोरीलाई छाडी गएका छन्। सोमवार राति परिवारका सदस्यहरूले तिनलाई घरभित्र नै झुन्डिएको अवस्थामा लाश देखे अनि यसपछि पुलिसलाई घटनाबारे जानकारी दिए। लाशलाई आज पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement