सिलगढी: आरजी कर अस्पतालमा महिला डाक्टरलाई बलात्कार अनि यसपछि हत्या गरेको विरोधमा इण्डियन मेडिकल एसोसिएशनको सिलगढी शाखाका सदस्यहरू पनि सिलगढीको सडकमा ओर्लिएका छन्। आज इण्डियन मेडिकल एसोसिएशनको सिलगढी शाखाले सिलगढी जिल्ला अस्पतालबाट एउटा विरोध रैली निकालेर हाशमी चौक, सेभोक रोड, एयरभ्यू मोड हुँदै पुनः जिल्ला अस्पताल हुँदै कञ्चनजङ्घा स्टेडियम संलग्न इलाकामा पुगेपछि समापन गरियो। उक्त विरोध रैलीमा विभिन्न स्वयंसेवी संगठनका सदस्यहरू पनि सामेल थिए।