जुनियर डाक्टरहरुको हडताललाई राज्य सरकारी कर्मचारी समन्वय समितिले जनायो समर्थन

IMG-20240813-WA0106

जलपाईगढी: आरजी कर अस्पतालमा एक प्रशिक्षार्थी महिला डाक्टरको हत्याको विरूद्ध पूरै देशमा हंगामा भएको छ। देशका विभिन्न स्थानमा जुनियर डाक्टरहरुले काम रोकेर आन्दोलन गरिरहेका छन्। जलपाईगढीमा पनि जुनियर डाक्टर र विद्यार्थीहरूले यस घटनाको विरोध गरिरहेका छन्। अब यो आन्दोलनलाई राज्य  सरकारी कर्मचारी समन्वय समितिले पनि समर्थन गरेको छ। उनीहरूले यो आन्दोलनमा विद्यार्थीहरुको साथ रहेको बताए।  जलपाईगदगी जिल्ला सचिव मनजीत दासले भने कि हाम्रो संगठन मौमिता देवनाथको निर्मम हत्यामा संलग्न सबै आरोपीहरूलाई यथाशीघ्र पक्राउ गरी कडा सजायको माग गर्दछ। यसका साथै मेडिकलका विद्यार्थी र चिकित्सकलाई उचित सुरक्षा दिनुपर्छ भन्ने रहेको उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement