साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको निधनमा तीनधारेमा शोक सभाहरू

IMG-20240812-WA0269

खरसाङ: वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको निधनमा तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरू र विद्यालयहरूले शोक सभा आयोजना गरेर श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्। यस क्रममा तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूलले आफ्नो पूर्व प्राचार्य हस्त नेचालीक निधनमा श्रध्दाञ्जली अर्पण गरेका छन्। ब्लु डाईमण्ड अंग्रेजी स्कूलको प्राचार्य रबि सुब्बाले प्रेस विज्ञप्ति जारी गर्दै तीनधारेका वरिष्ठ शिक्षाविद् अनि तीनधारेस्थित ब्लु डाईमण्ड अंग्रेजी स्कूलका भूतपूर्व प्राचार्य, वरिष्ठ साहित्यकार हस्त नेचालीको दुःखद निधनप्रति सम्पूर्ण ब्लु डाईमण्ड स्कूल परिवारको पक्षबाट शोक सम्वेदना व्यक्त गरेका छन्। उनले दिवंगत आत्माका शान्तिको निम्ति ईश्वरप्रति प्रार्थना गरेका छन्।
त्यसरी नै अगम सिंह गिरी नाट्यकला संस्थानको सभापति सुरेशचन्द्र दर्नालको सभापतित्वमा तीनधारेको राजबारीस्थित उनको वासगृहमा वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको निधनमा अगमसिंह गिरी नाट्यकला संस्थानको शोकसभा आयोजन गरियो। यस शोक सभालाई संस्थानकै सचिव सुवास बान्तवाले सञ्चालन गरेका थिए। सभामा शिक्षक हस्त नेचालीको आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो अनि उनको तस्वीरमा उपस्थित संस्थानका सदस्यहरूले श्रद्धाञ्जली स्वरूप खदा- माला अर्पण गरे। प्रमुख सल्लाहकार बिमल दर्जीले हस्त नेचालीले जीवनको ठूलो भाग तीनधारेमा खर्चिएको अनि शिक्षा लगायत साहित्यिक गतिविधिहरुमार्फत् तीनधारेलाई धेरै उचाल्नु भएको कुराहरु सभामा राखे। सभापति सुरेशचन्द्र दर्नालले हस्त नेचाली लगायत अन्यहरू मिलेर ८० को दशकमा तीनधारे बाल उच्च माध्यमिक विद्यालय भवनमा तीनधारेमा प्रौढ़ शिक्षा धेरै वर्ष सञ्चालन गरेको र यस महत कार्यमा हस्त नेचालीको महत्वपूर्ण भूमिका रहेको सभालाई स्मरण गराए। उनले आज हामीले एक मुर्धन्य साहित्यकार, समर्पित शिक्षक र अभिभावक गुमाएको बताए। त्यसरी नै सचिव सुवास बान्तवाले आफूले आज केही लेख्न सकेको कारण उनकै देन र आशीर्वाद रहेको अनि उनको जीवनको उर्जस्वी समय तीनधारेलाई दिएर यस क्षेत्रवासीहरूलाई ठूलो गुण लगाएको बताए। उनले तीनधारे बाल उच्च विद्यालयबाट अवकाश ग्रहणपछि स्थानीय तीनधारेको ब्लु डायमण्ड अंग्रेजी निजी पाठशालामा प्राचार्यको पदभारमा रहेर सेवा पनि पुराएका थिए भनी बताए। यसको साथै उनले लेखेका पुस्तकहरुबारे पनि जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement