स्वतन्त्रता दिवसमा हुने म्याराथनले गर्दा आपतकालीन यात्रा बिहान छिट्टै गरिदिने आह्वान्

IMG-20240813-WA0162

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र स्वतन्त्रता दिवस आयोजक समितिक संयुक्त आयोजनामा खरसाङमा यसपाली पनि स्वतन्त्रता दिवसको अवसरमा म्याराथनको आयोजना भईरहेकोले १५ अगस्तको दिन राष्ट्रिय राजमार्ग केही वाधित हुन सक्ने भएको छ। यसको लागि खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले आज पत्रकार सम्मेलन बोलाएर १५ अगस्तको दिन हुने म्याराथन दौडको समय राष्ट्रिय राजमार्ग वाधित बन्ने हुनाले आपतकालीन रूपमा यात्रा गर्नेहरूले १५ अगस्तको दिन बिहान छिट्टै गरेर आफ्नो यात्राक लागि निस्कने अनुरोध गरेका छन्। उनले बताए अनुसार यसपाली स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने म्याराथन दौडमा सहभागीहरू एकदमै बेसी भएकोले रोड वाधित बन्न सक्ने सम्भावना देखिएको बताएका छन्। सचिव निर्मल गुरुङले बताए अनुसार यसपाली स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने म्याराथन बिहान १० बजेदेखि केटाहरूको लागि सोनादा नजिकको शिव मन्दिरबाट र केटीहरूका लागि चटकपुर क्षेत्रबाट शुरू हुने भएको छ। यसपाली आजसम्म म्याराथनमा १६७ जना अनि केटीहरू १७ जना रहेको जानकारी गराउँदै यो संख्या अझैं बढ्न सक्ने सम्भावना रहेको बताएका छन्। त्यसैले दार्जिलिङबाट सिलगढी, बाघडोगरा, एनजेपी जान चाहानेहरूले बिहान ८ देखि ८:३० सोनादा क्षेत्र क्रस गर्नु पर्ने र सिलगढी र खरसाङ क्षेत्रबाट दार्जिलिङ जान चाहानेहरूले बिहान ९ बजेभित्र सोनादा क्रस गरिदिने अनुरोध गरेका छन्। गुरुङले म्याराथनको समय पर्न गएको असुविधाको लागि यात्रीहरू र चालकहरूलाई सहयोग गरिदिने निवेदन गरेका छन्। उनले स्वतन्त्रता दिवसको अवसरमा समतलबाट धेरै मात्रामा बाइक र स्कुटीहरू आउने भएकोले म्याराथनमा पुलिस प्रशासनलाई पनि सहयोगको लागि निवेदन गरेका छन्। उनले आपतकालीन रूपमा यात्रा गर्ने महानुभावहरूले बिहानको समय छिट्टो गरेर यात्रा गरिदिने अनुरोध गरेका छन्। उनले यात्राको लागि धेरै असुविधा भएको खण्डमा १५ अगस्तको दिन मिरिक रोडको प्रयोग गरिदिने निवेदन पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement