झापा: उच्च अदालतले एकीकृत माले नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि प्रहरीले अनुसन्धान गर्न पाउने फैसला गरेको छ। एकीकृत माले नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको बालुवाटारस्थित घरबाट काठमांडू महानगरले घरेलु हिंसा पिडित १४ वर्षीया बालिकालाई उद्धार गरेको थियो। उद्धारपछि सांसद शर्माविरुद्ध महानगरपालिकाले नै बालबालिकाविरुद्धको कसुर मुद्दामा प्रहरीमा जाहेरी दर्ता गरेको थियो। तर उनले महानगरले बालिका अपहरण गरेको भन्दै प्रहरीमा उजुरीसमेत दिएकी थिइन्। आफुमाथि अनुसन्धान हुन नहुने भन्दै उनी अदालत गएकी थिइन्।