बेलबारीमा जंगली हात्ती मृत फेला, अनुसन्धान शुरु

IMG-20240813-WA0126

झापा: मोरङको बेलबारी-३ करमडाँडामा हात्तीको छावा मृत अवस्थमा फेला परेको छ। स्थानीय अनिता थापा र रेखा थापाको निजी वनमा २-३ बर्षको देखिने जंगली हात्तीको छावा मृत फेला परेको हो।
हात्तीको छावा मारिएको हो कि, आफैं मरेको हो भन्नेबारे अनुसन्धान भइरहेको सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख, वन अधिकृत दिपेशकुमार मिश्रले जानकारी दिए।
मिश्र घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरिसकिएको र अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुने जानकारी दिए। सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थल आएको छ।
सब डिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ। यससँगै मोरङमा सात महिनाको अवधिमा तीन वटा जंगली हात्ती मृत फेला परिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement